आज :

ताजा समाचार

प्रतिनिधिसभाको बैठक आज बस्दै, सातवटा अध्यादेश पेस हुने कार्यसूची

  पुरुषोत्तम ढकाल    २६ फाल्गुन २०७७, बुधबार ०८:००      404 Views

काठमाडौं: पुनर्स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा सातवटा अध्यादेश पेस हुने कार्यसूची छ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यसूची छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने कार्यसूची छ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि यही फागुन २३ गते बैठक बसेको थियो। बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गर्दा फिर्ता लिन माग गर्दै नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको थियो।

कांग्रेसलाई अध्यादेश मान्य नभएको नेता बालकृष्ण खाँण र पुष्पा भुसाल गौतमले बताएका थिए। त्यसबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले पनि अध्यादेशको विरोध गर्दै बैठक बहिस्कार गरेको थियो।

सोही कारण सभामुख अग्निप्रसाद सापकोटाले बैठक आजका लागि बैठक बोलाएका हुन्। कार्यसूचीमा रहेका अध्यादेशहरू जारी भएको ६ महिनाभित्र प्रतिनिधिसभाबाट पारित हुनुपर्ने पर्ने हुन्छ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशहरू जारी गरेकी हुन्।

 

No description available.

प्रतिक्रिया दिनुहोस