आज :

ताजा समाचार



कोरोना भाइरस विरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु हुँदै

  पुरुषोत्तम ढकाल    २३ फाल्गुन २०७७, आईतवार ०८:१५      113 Views

काठमाडाैं: कोरोना भाइरस संक्रमणविरुद्ध दोस्रो चरणको खोप अभियान आजबाट सुरु हुँदै छ। यो चरणको अभियानअन्तर्गत ६५ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने बताइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने र त्यसपछि देशभर दोस्रो चरणको खोप अभियान सुरु हुने छ।
यो चरणमा १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरी ४२ लाखलाई खोप लगाइने मन्त्रालयले बताएको छ।
मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिए यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरीद गरेको १० लाख मात्रा खोप आइसकेको छ।
२० दिनसम्म चल्ने खोप अभियानमा १६ हजार ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने सरकारको योजना छ।

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा