आज :

ताजा समाचार



बेथानचोक र महान्काल गाउँपालिका बिच अन्तरकृया कार्यक्रम सप्पन्न

  पुरुषोत्तम ढकाल    २३ फाल्गुन २०७७, आईतवार ०८:०२      191 Views

काभ्रे : महान्काल गाउँपालिका ललितपुरको पाचौं स्थापना दिवसको अबसरमा बेथानचोक गाउँपालिका काभ्रे र महान्काल गाउँपालिका ललितपुर बिच अंतर स्थानीय तह समन्वय तथा सहकार्य सम्बन्धि अन्तरकृया तथा छलफल कार्यक्रम बेथानचोक गाउँकार्यपालिकाको सभाहलमा सम्पन्न गरिएको छ ।

अन्तरकृया तथा छलफल कार्यक्रम बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना तथा महान्काल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालको संयुक्त अध्यक्षतामा तथा बेथानचोक गाउँपाकिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र महान्काल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओम प्रसाद पान्डेको संयुक्त उद्घोषणमा संचालन गरिएको हो ।

कार्यक्रममा महान्काल गाउँपालिका उपाध्यक्ष लगाएत वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु र कर्मचारी साथै बेथानचोक गाउँपालिकाका वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

महान्काल गाउँपालिकाको आयोजना तथा बेथानचोक गाउँपालिकाको समन्वय र सहकार्यमा संचालित कार्यक्रम बाट आपसी हितका सडक स्तरउन्नति , पर्यटन र अन्य महत्वपुर्ण विषयहरुमा अन्तरकृया र छलफल गरि प्रस्तावहरु राखी निर्णयहरु गरिएको थियो ।

कार्यक्रममा महान्काल गाउँपालिका तर्फबाट उपाध्यक्ष कमला लामा तामाङले स्वागत मन्तव्य राख्नु भएको थियोे भने महान्काल गाउँपालिका-६ ठुला दुर्लुङका वडा अध्यक्षले अन्तरकृया तथा छलफल कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा बेथानचोक गाउँपालिकाको तर्फबाट स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भन्डारीले राख्नु भएको थियोे ।

कार्यक्रम समापनका क्रममा बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बेथानचोक र महान्काल गाउँपालिकाले एक आपसमा मिलेर अगाडि बढ्नुको विकल्प नभएको भन्नुहुन्दै आपसी हितमा केन्द्रीत हुँदै बिकासमा साझेदारी गर्नुपर्ने र बेथानचोक सधैं सकारात्मक रहेको कुरामा जोड दिनुभएको बेथानचोक गाउँपालिका सूचना अधिकारी इन्जिनियर ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा