आज :

ताजा समाचार

काभ्रेको बनेपा हेल्थ केयर द्वारा नि:शुल्क घुम्ती स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

  पुरुषोत्तम ढकाल    २० फाल्गुन २०७७, बिहीबार १९:०९      736 Views

काभ्रे: काभ्रे जिल्लाको बनेपा हेल्थ केयरको आयोजनामा नि:शुल्क घुम्ती स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

हेल्थ केयरले काभ्रे जिल्लामा स्वास्थ्य सम्बन्धि विभिन्न स्वास्थ्य शिविर, स्वास्थ्य परामर्श, नि:शुल्क स्वास्थ्य परिक्षण जस्ता सामाजिक कार्य गर्दै आएको छ ।

बनेपा हेल्थ केयरको आयोजना तथा प्राबिधिक सहयोगमा फागुन १८ गते (मंगलबार) बनेपाको चण्डेश्वरी र आज फागुन २० गते (बिहिवार) पनौतीको खड्पुमा नि:शुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न गरेको बनेपा हेल्थ केयरका प्रबन्ध निर्देशक जितेन्द्र थापाले खुल्ला पोष्टलाई जानकारी दिनुभयो ।

शिविरमा नि:शुल्क सुगर परिक्षण, नि:शुल्क रक्तचाप जाच तथा स्वास्थ्य परामर्श प्रदान गरिएको पनि उहाले बताउनुभयो । उहाका अनुसार शिविरमा १ सय ७३ जनाको रगत परिक्षण गर्दा १३ जनामा ग्लुकोजको मात्रा चाहिने भन्दा बढी देखिएको थियो ।

आगामी दिनहरुमा पनि बनेपा हेल्थ केयरले सामाजिक उत्तरदायित्वलाई मनन गर्दै अन्य स्थानहरुमा घुम्ती स्वास्थ शिविर आयोजना गर्दै जाने हेल्थ केयरका प्रबन्ध निर्देशक जितेन्द्र थापाले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस