आज :

ताजा समाचार

काभ्रेमा आज ३ जना कोरोना संक्रमित थपिए, जिल्लामा जम्मा ९ जना सक्रिय कोरोना संक्रमित

  पुरुषोत्तम ढकाल    २० फाल्गुन २०७७, बिहीबार १८:११      378 Views

काभ्रे:काभ्रे जिल्लामा आज थप ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आज थपिएका सबै संक्रमित मण्डनदेउपुर नगरपालिकाको रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार योसँगै अहिले जिल्लामा कुल कोरोना संक्रमितको संख्या ३३ सय ५६ पुगेको छ ।
काभ्रे जिल्लामा अहिले बनेपा नगरपालिकामा १ जना पुरुष, धुलिखेल नगरपालिकामा १ जना महिला र ४ जना पुरुष र मण्डनदेउपुर नगरपालिकामा १ जना महिला र २ जना पुरुष गरी ९ जना सक्रिय कोरोना संक्रमित रहेको प्रमुख डा. झाले बताउनु भएको छ ।
सबै सक्रिय कोरोना संक्रमित होम आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
थप विवरण हेर्नुहोस:


प्रतिक्रिया दिनुहोस