आज :

ताजा समाचार

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

  पुरुषोत्तम ढकाल    १९ फाल्गुन २०७७, बुधबार ०८:११      659 Views

काठमाडौँ: नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्‍न लागेको बताईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने प्रचण्ड-नेपाल समूहको माग छ ।

तर प्रधानमन्त्री ओलीले राजीनामा नदिएपछि अब कसरी अगाडि बढ्‍ने भन्‍ने बिषयमा रणनीति तय गर्नका लागि बैठक बस्‍न लागेको स्रोतले जनाएको छ ।

पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतले बदर गरेको थियो ।


प्रतिक्रिया दिनुहोस