आज :

ताजा समाचार



लहरे तरकारी बाली खेति गर्ने समय सुरु, यसरि गर्नुहोस खेति (भिडियो सहित हेर्नुहोस)

  पुरुषोत्तम ढकाल    १८ फाल्गुन २०७७, मंगलवार १८:२७      160 Views

काभ्रे: नेपालमा अहिले लहरे तरकारी बाली खेति गर्ने समय सुरु भएको छ । लहरे तरकारी बाली खेति गर्ने समय सुरु भए संगै तरकारी वाली विकास केन्द्रले लहरे तरकारी बालीको बेर्ना वितरण कार्य सुरु गरेको छ ।

तरकारी वाली विकास केन्द्रको नियमित कार्यक्रम अन्तर्गत काँक्रा, फर्सी, लौका, घिरौँला, करेला, बोडी, सिमि, पर्बल, इस्कुस गोलभेंडा आदिको बिउ उत्पादन गरी सहुलियत रूपमा बेर्ना वितरण गर्न सुरु गरिएको वाली विकास केन्द्रका प्रमुख तथा वरिष्ठ बागवानी विकास अधिकृत दिनेश प्रसाद सापकोटाले जानकारी गराएका छन् ।

उनका अनुसार तरकारी वाली विकास केन्द्र द्वारा ४० हजार लहरे तरकारी बालीको बेर्ना वितरण गर्ने लक्ष्य रहेको छ । तरकारी वाली विकास केन्द्रले सूचना जारी गरेसँगै किसानहरू अहिले बेर्ना लिन आउने गरेका छन् ।

व्यावसायिक किसानहरूले आफै बेर्ना उत्पादन गर्ने गरेका कारण उनीहरू नआउने र बढी मात्रामा कौँसी खेती गर्ने किसानहरूले लाने गरेका छन् । बिरुवाको मूल्य फरक फरक रहेकोले एउटा बिरुवाको सरदार मूल्य १५ रुपैयाँसम्म पर्ने गरेको छ ।

थप जानकारीको लागि यो भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा