आज :

ताजा समाचार

विश्व नाथ अधिकारी द्वारा रचित गीत:”नक्कले कान्छो र नक्कली कान्छीको वार्तालाप”

  पुरुषोत्तम ढकाल    १६ फाल्गुन २०७७, आईतवार २०:०५      2008 Views
काभ्रे: विश्वोभर फैलिएको कोरोना भाइरसको महामारीको समयमा नेपाली साहित्यमा कलम चलाउन सुरु गर्नु भएका काभ्रे जिल्लाको मिलिनियम क्याम्पसका प्रमुख विश्व नाथ अधिकारीले धेरै लेख रचनाहरु लेख्नु भएको छ। उहाले नेपाली साहित्यमा “मेरो वंश” काव्य प्रकाशित गर्दै हुनुहुन्छ । शिक्षासेवी अधिकारी धेरै मानिसको प्रेरणाको श्रोत समेत हुनुहुन्छ । उहाले अहिलेको समय सापेक्ष केटा र केटीको मनोभावना लाई गीतमार्फत यसरी प्रस्तुत गर्नुभएको छ ।
उहाले लेख्नुभएको गीत यसप्रकार छ :
केटा: हिजो देखि आउँछु भन्थी आज सम्म आइन
निष्ठुरी नै रैछ गाँठे माया पनि लाइन
नक्कली यो कान्छी लौन कता मुन्टिछ
राम्रो राम्रो खोज्दै हिँड्थी कता गुल्टिछ
केटी:एका तिर कुर्नु पर्ने अर्को तिर गाछ
यसलाई हेर्दा किन गाँठे पारो तात्ने भाछ
नक्कले यो कान्छो लौन कता मुन्टेछ
राम्री राम्री खोज्दै हिँड्थ्याे कता गुल्टेछ
केटा:होला होला खुबै होला कुरा पनि कस्तो
तल्तिर नै बगाएर माथी खोज्नु जस्तो
नक्कली यो कान्छी लौन कता मुन्टिछ
राम्रो राम्रो खोज्दै हिँड्थी कता गुल्टिछ
केटी:कस्तो बुद्धि होला यस्को सोचाइ नि कस्तो
तल्तिर नै फर्काएर झुन्ड्याइ दिउँ जस्तो
नक्कले यो कान्छो लौन कता मुन्टेछ
राम्री राम्री खोज्दै हिँड्थ्याे कता गुल्टेछ
केटा:जता आँखा लाए पनि यै नै मन पर्छ
यस्तो ताल्ले यो जिन्दगी कसरी पो टर्छ
नक्कली यो कान्छी लौन कता मुन्टिछ
राम्रो राम्रो खोज्दै हिँड्थी कता गुल्टिछ
केटी:हेर्न यस्को नौटंकी र नाटक पनि कस्तो
अनुहार नि निचोरेको कागती नै जस्तो
नक्कले यो कान्छो लौन कता मुन्टेछ
राम्री राम्री खोज्दै हिँड्थ्याे कता गुल्टेछ
केटा:यस्तो राम्रो अनुहार त पाको पाकै होला
के लाई चिन्ता यो जीन्दगी बगी जाने खोला
नक्कली यो कान्छी लौन कता मुन्टिछ
राम्रो राम्रो खोज्दै हिँड्थी कता गुल्टिछ
केटी:होला होला खुबै होला जे जे होला होला
यस्को माया जिन्दगीमा वारुदको गोला
नक्कले यो कान्छो लौन कता मुन्टेछ
राम्री राम्री खोज्दै हिँड्थ्याे कता गुल्टेछ
केटा:माया पनि मनमै हुँदा घुर्की हेर्न कस्तो
आँगालोमा बाँधीकन माया गरम् जस्तो
नक्कली यो कान्छी लौन कता मुन्टिछ
राम्रो राम्रो खोज्दै हिँड्थी कता गुल्टिछ
केटी:बल्ल राम्रो कुरा ग-यो चित्त बुझ्यो मलाइ
अब हिँड्छु एउटै बाटो सारा दुख भुलाइ
नक्कले यो कान्छो लौन कता मुन्टेछ
राम्री राम्री खोज्दै हिँड्थ्याे कता गुल्टेछ ?
स्रोत: विश्व नाथ अधिकारीको फेसबुकबाट साभार 


प्रतिक्रिया दिनुहोस