आज :

ताजा समाचार



शैनिक शासनविरुद्ध म्यानमारका जनता सडक संघर्षमा, सेनाको गोली लागेर सात जनाको मृत्यु

  पुरुषोत्तम ढकाल    १६ फाल्गुन २०७७, आईतवार १८:४०      131 Views

एजेन्सी: सैनिक शासनविरुद्ध म्यानमारमा जनसंघर्ष उग्र बनेको छ । जारी जनप्रदर्शन दबाउन सेनाले गोली चलाउँदा सात प्रदर्शनकारीको मृत्यु भएको छ ।

आइतबार सडकमा उर्लिएको जनसागरलाई तितरवितर पार्न सेनाले गोली चलाएको थियो । कैयौं घाइते बनेका छन् । अहिले म्यानमारको अवस्था तनावग्रस्त बनेको छ ।

सेनाको ‘कू’ पछि म्यानमारमा सेनाविरुद्ध जनप्रदर्शन हुँदै आएको छ । सत्ताविरुद्ध जनता सडकमा उर्लिने क्रम बढेपछि सेनाले आन्दोलन दबाउन बल प्रयोग गरिरहेको छ । गत साता सेनाको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको थियो ।

नेतृ आङ सान सू चीलाई रिहा गर्न र सत्ता फिर्ता गर्न माग गर्दै सेनाविरुद्ध हरेक दिन प्रदर्शन हुँदै आएको छ । म्यानमारको ठूलो शहर रंगुनसहित विभिन्न शहरमा हरेक दिन विशाल जनप्रदर्शन भइरहेका छन् । जनप्रदर्शनमा सहभागीता बढ्न थालेपछि सेनाले आक्रामक रुपमा दबाउने प्रयास गरिरहेको छ ।

प्रदर्शनकारीलाई तितरवितर पार्न सेना र प्रहरीले पानीको फोहोर फ्याक्नुका साथै रबरको गोली प्रहार गरेका छन् । म्यानमारमा गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा आन सान सू चीको पार्टीले बहुमत प्राप्त गरेपछि चुनावमा धाँधली भएको भन्दै सेनाले फेब्रुअरी १ मा सू ची नेतृत्वको सरकार अपदस्थ गरी सत्ता कब्जा गरेको थियो । साथै एक वर्षका लागि संकटकाल घोषणा गरेको छ ।

सू ची सहित अरु थुप्रै नेताहरुलाई सेनाले अझै नियन्त्रणमा लिएको छ । साथै रिहा गर्ने कुनै संकेत देखाएको छैन । सेनाको यस्तो कदमप्रति अमेरिका, युरोपेली युनियन सहित थुप्रै देशले विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा