आज :

ताजा समाचार



इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी लगातार २० खेलमा विजयी

  पुरुषोत्तम ढकाल    १६ फाल्गुन २०७७, आईतवार ०८:१८      122 Views

एजेन्सी: इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार २० जित हात पारेको छ। गएराति भएको खेलमा वेष्ट ह्याम युनाईटेडलाई हराउँदै म्यान्चेस्टर सिटीले क्लबका लागि अभूतपूर्व सफलता हासिल गरेको हो ।

खेलमा म्यान सिटीलाई विजयी गराउन रुबेन डियास र जोन स्टोन्सले एक एक गोल गरे । वेष्ट ह्यामका मिचेल एन्टोनियोले एक गोल फर्काए । पेप ग्वार्डीयोलाको टोली म्यान्चेस्टर सिटीले प्रिमियर लिगमा गत डिसेम्बर १५ यता एक अंक पनि गुमाएको छैन ।

ग्वार्डीयोलाले सिटीका लागि २ सय ७३ खेलमध्ये २ सय खेल जितेका छन् । गएरातिको जितसँगै म्यान्चेस्टर सिटीले प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा आफ्नो पकड बलियो पारेको छ । २६ खेलबाट सिटीको ६२ अंक भएको छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेड सिटीभन्दा १३ अंकले पछि रहँदै दोस्रो स्थानमा रहेको छ । प्रिमियर लिगमा गएराति भएका अन्य खेलहरुमा एस्टन भिल्लाले लिड्स युनाईटेडलाई तथा वेष्ट ब्रोमले ब्राईटनलाई १–० ले हराउँदा न्युकासल युनाईटेड र वुल्भरह्याम्पटन वान्डरर्सले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा