आज :

ताजा समाचार



सैन्य सरकारको विरोधपछि राष्ट्रसंघका लागि म्यानमारका राजदूत हटाइए

  पुरुषोत्तम ढकाल    १६ फाल्गुन २०७७, आईतवार ०७:४७      154 Views

एजेन्सी: म्यानमारको सेनाले संयुक्त राष्ट्रसंघका लागि म्यानमारका राजदूत क्याव मो टुनलाई हटाएको छ । आफ्नो मुलुकको सेनालाई सत्ताबाट हटाउन विश्व समुदायसंग सहयोगको आग्रह गरेपछि उनी बर्खास्तगीमा परेका हुन् ।

राजदुत क्याव मोले निर्वाचित सरकारलाई सत्ता फिर्ता नगरेसम्म सैन्य शासकसंग कसैले पनि सहकार्य नगर्न आग्रह गरेका थिए । राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले प्रदर्शनकारीमाथिको दमन अन्त्य गर्न, निर्दोष जनतामाथिको अत्याचार रोक्न र प्रजातन्त्र पूनर्वहाली गर्न अन्तराष्ट्रिय समुदायको सहकार्य जरुरी रहेको बताएका थिए ।

राजदूत क्याव मोको सम्बोधनले सम्मेलनमा प्रशंसा पाएको थियो भने म्यानमारका लागि अमेरिकी राजदुत लिन्डा थोमस ग्रीनफिल्डले क्याव मोको सम्बोधनलाई साहसको संज्ञा दिएका थिए । यता फेब्रअरी १ मा सत्ता हत्याएको म्यानमारको सेनाले प्रदर्शनकारीमाथि दमन जारी राखेको छ ।

हिजो मात्र हनोईमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागि एक जना महिला घाईते भएकी छन् । सेनाको चेतावनीका बाबजुद हजारौं जनता प्रदर्शनमा उत्रिएर निर्वाचित सरकारको पूनर्वहाली र पक्राउ परेकी नेतृ आङ साङ सूचीलगायतका नेताहरुको रिहाइको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा