आज :

ताजा समाचार

काभ्रे जिल्लाको बेथानचोक च्यासिङखर्क बिकासमा हौसिए जनप्रतिनिधि

  पुरुषोत्तम ढकाल    १२ फाल्गुन २०७७, बुधबार १८:२६      1380 Views

काभ्रे: बेथानचोक गाउँपालिकाको वडा नम्बर ५ च्यासिङखर्कको नयाँ भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

निर्माण कार्य अन्तिम चरणमा पुगेसंगै अब छिट्टै नयाँ भवनबाट सार्वजानिक सेवा प्रवाहमा जनताको सहज पहुँच पुराउन सहज हुने वडा अध्यक्ष खजेन्ची बहादुर लामाले बताए । “अब छिटोभन्दा छिटो प्रयोगमा ल्याइने तयारी भइरहको र सार्वजानिक सेवा प्रवाहमा जनताको सहज पहुँच पुराउन मद्दत पुग्नेछ” वडा अध्यक्ष लामाले भने।

बेथानचोक गाउँपालिकाको वडा नम्बर ५ च्यासिङखर्कको स्थानीय निर्वाचन पछि जनप्रतिनिधिको उत्कृष्ट कार्यले समग्र वडाको बिकासमा उल्लेखनीय प्रगति भएको छ । कृषिलाई र पुर्वाधार बिकासलाइ बिशेष प्राथमिकतामा राखेर कार्यक्रमहरु संचालन गरिरहेको अध्यक्ष लामाको भनाइ छ। लामा बेथानचोकको लोकप्रिय नेताको रुपमा परिचित छन्।

यसैगरी शिक्षा, स्वास्थ र खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै आइरहेको र च्यासिङ्खर्कमा स्वास्थ सेवा प्रवाहका लागि सामुदायिक स्वास्थ केन्द्रहरु, खोप केन्द्र थपिएका छन्।

विद्यालयका लागि आवश्यक भौतिक संरचनाका साथै आवश्यक कुराहरुको प्रबन्ध मिलाइएको साथै खेलकुदका लागि खेलकुद मैदान तयार गरिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताए।

गाउँपालिकाले च्यासिङखर्कको समग्र बिकासका लागि बनाइएको कार्यक्रमहरु पुर्ण रुपमा कार्यान्वयन गर्न गराउन निर्देशन गरिएको र सोही बमोजिम वडा कार्यालयबाट कार्य सम्पादन भइरहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भन्डारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस