काठमाडौँ: नेपालमा आज पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। देशका प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू -भागमा आंशिक बदली रहि अन्य भू -भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
बुधबार देशका पहाडी भू -भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू -भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू -भागका एक–दुई स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
बिहीबार देशका पहाडी भू -भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू -भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू -भागहरुमा आंशिक देखि सामान्य बदलीको रही बाँकी भू -भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू -भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।