आज :

ताजा समाचार

संसद पुनर्स्थापना, देशभरी दीपावली

  रामप्रसाद ढकाल    ११ फाल्गुन २०७७, मंगलवार २२:०५      1522 Views

भक्तपुर : सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नेगरी आज आदेश दिएको छ । संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् ।

संसद पुनर्स्थापना संगै नेकपाका कार्यकर्ताले देशैभरि दीपावली गरि अदालतको कदमको स्वागत गरेका छन् प्रतिनिधि सभा पुर्नस्थापनाका पक्षमा भएको निर्णयले प्रतिगमनको हार र जनताको जीत भएको भन्दै फैसलाको स्वागत गरिएको छ ।

भक्तपुरका विभिन्न चोकमा मैनवत्ति बालेर फैसलाको स्वागत गरिएको छ । यहा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता कार्यकर्तादेखि अन्य पार्टीका नेता कार्यकर्ताले समेत स्वागत गर्दै खुशीयाली मनाएका थिए ।


प्रतिक्रिया दिनुहोस