काभ्रे: काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाले नगर भित्रका कृषकहरु लाई लहरे तरकारीका बीउ वितरण कार्य गरेको छ । नगरपालिकाको बार्षिक कार्यक्रम अनुसार नगर भित्रका कृषक हरुलाई लहरे तरकारीका बीउ वितरण गरिएको नगरपालिकाका कृषि शाखाका संयोजक मन्दिल कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाले नगरपालिका कृषक हारुलाई शतप्रतिशत अनुदानमा वितरण भइरहेको लहरे तरकारीमा काक्रो, घिरौंला, फर्सि, सिमि र बोडी लगायतका तरकारी रहेका छन् ।
नगरपालिकाले लहरे तरकारीका बीउ वितरण कार्यका लागि व्यक्ति छनौट गर्दाको छनोट प्रक्रिया भने बीउ लिन चाहने किसानको तरकारी खेती गर्ने जमिनको आधारमा गरिएको बताएको छ ।
चालु आर्थिक बर्षमा बिउ वितरण गर्न नसकिएका वडाहरुमा आगमी आर्थिक बर्षमा गरिने नगरपालिकाका कृषि शाखाका संयोजक श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार यो आर्थिक बर्षमा बीउ वितरणकै लागि भनेर ५ लाख रुपैँया बजेट समेत विनियोजन गरिएको छ ।
भिडियो सहित हेर्नुहोस:
https://www.youtube.com/watch?v=vwEUlbQ8yDY