आज :

ताजा समाचार

प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्चद्वारा बदर, संसद् पुनर्स्थापना हुने

  पुरुषोत्तम ढकाल    ११ फाल्गुन २०७७, मंगलवार १८:२९      518 Views

काठमाडौँ: सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर  गरेको छ ।
संवैधानिक इजलासमा भएको बहसका आधारमा सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णयलाई  बदर गर्दै संसद् पुनर्स्थापनाकाे फैसला गरेको हो ।
गएकाे पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । रिटको सुनुवाइको लागि संवैधानिक इजलास गठन भएको थियो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए ।
यसैगरी सर्वाेच्चकाे आदेशमा आदेशमा १३ दिनभित्रै संसद् बैठक बोलाउन भनिएको छ ।


प्रतिक्रिया दिनुहोस