आज :

ताजा समाचार

काभ्रे जिल्लामा आज एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि

  पुरुषोत्तम ढकाल    १० माघ २०७७, शनिबार १८:४४      1122 Views

काभ्रे: काभ्रे जिल्लामा कोरोना संक्रमितको संख्या घटेको छ ।आज पनौतीका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै काभ्रेमा आज २ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयका प्रमुख डा.नरेन्द्र झाले जानकारी दिए । उनका अनुसार जिल्लाका कुल संक्रमित संख्या ३३ सय २४ मध्ये ३२ सय ४९ जना उपचारपछि संक्रमणमुुक्त भएका छन् । हालसम्म ३ हजार ३२४ जना संक्रमित रहेको जिल्लामा ३ हजार २४९ निको भएका छन् भने मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

जिल्लामा मृत्यु हुने मध्ये १६ जना अन्य जिल्लाका रहेका छन् । अब ३१ जना सक्रिय संक्रमित रहेको काभ्रेमा २९ जना होम आइसोलेसन र २ जना अस्पतालमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस