आज :

ताजा समाचार

सुनको मूल्य बढ्यो, कति छ आजको बजारभाउ ?

  खुल्ला पोस्ट    १० पुष २०७७, शुक्रबार ११:१८      1891 Views

काठमाडौं : नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार १ सय बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

यसैबीच बिहीवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीवार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस