आज :

ताजा समाचार

नौ महिनापछि आजबाट पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि खुला

  पुरुषोत्तम ढकाल    १ पुष २०७७, बुधबार ०८:०४      910 Views

काठमाडौं: हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर आजबाट सर्वसाधारणका लागि खुला गरिएको हो । हिजो (मंगलबार) क्षमापूजा गरेर आजबाट खुला गरिएको हो ।

कोरोना संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द भएको मन्दिरमा आज बिहानै पूजाका लागि भक्तजन पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

प्राचीनकालदेखि नियमित पूजा हुँदै आएकामा कोरोनाका कारण बन्द गर्न बाध्य भएपछि क्षमापूजा गरिएको हो ।

पहिलो चरणमा मन्दिरको पश्चिम ढोकोबाट भक्तजनहरुलाई प्रवेश दिइएको छ भने सोही ढोकाबाटै बाहिर निस्कने व्यवस्था मिलाइएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्नेछ ।

मन्दिरभित्र हुने विशेष पूजा, भजनकिर्तनलगायत क्रियाकलाप भने अहिले सुरु नहुने कोषले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस