आज :

ताजा समाचार



गौतमबुद्ध कप क्रिकेटको फाइनल खेल आज हुँदै, उपाधिका लागि नारायणी र राप्ती खेल्दै

  पुरुषोत्तम ढकाल    ३० मंसिर २०७७, मंगलवार ०८:१३      84 Views

काठमाडौं: गौतमबुद्ध कप ट्वान्टी ट्वान्टी क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

उपाधिका लागि नारायणी र राप्ती खेल्दैछन् । खेल भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

दुवै टिम वाग्मतीलाई हराएर फाइनलमा पुगेका हुन् । अस्ति आइतबार भएको खेलमा राप्तीले वाग्मतीलाई ११ रनले र शनिबार भएको पहिलो खेलमा सुपर ओभरमा नारायणीले वाग्मतीलाई हराएको थियो । हिजो भएको औपचारिक खेलमा राप्तीले नारायणीलाई १ विकेटले हराएको थियो ।

कोरोनाका कारण प्रभावित खेलकुदलाई चलायमान बनाउन वाग्मती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस