काठमाडौं: काठमाडौं उपत्यकामा आज यसवर्षको जाडो सुरु भएपछिकै कम तापक्रम मापन गरिएको छ ।
आज बिहान काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको हो । हिजो बिहान ५ डिग्री सेल्सियस मापन गरिएकोमा दिउँसो फेरि घटेर ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज पहाडी क्षेत्रका केही ठाउँमा मौसम आंशिक बद्ली भएको छ ।
पश्चिमी वायुको प्रभावका कारण केही ठाउँमा मौसम आंशिक बद्ली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका धेरैजसो ठाउँमा भने कुहिरो लागेको छ ।
दिउँसो कुहिरो हटेर घाम लाग्ने महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । अरु ठाउँको मौसम भने सामान्य बद्ली रहने अनुमान छ ।
आजराति प्रदेश १ र २ का पहाडी क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना छ ।