आज :

ताजा समाचार

अमेरिकामा कोरोनाबाट एकै दिन एक हजारभन्दा बढीको मृत्यु

  पुरुषोत्तम ढकाल    २२ मंसिर २०७७, सोमबार ०८:२०      644 Views

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट अमेरिकामा एकै दिन एक हजार ५५ जनाको मृत्यु भएको छ। योसँगै अमेरिकामा कोरोना संक्रमणबाट कुल मृतकको संख्या २ लाख ८८ हजार ८८६ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा मेक्सिकोमा ५९३, इटलीमा ५६४, रसियामा ४५७ र भारतमा ३७४ सहित विश्वभर सात हजार ४०० जनाभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख २५ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ .। जसमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ६६ हजार मानिस संक्रमित भएका छन्। योसहित अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ५१ लाख ५२ हजार पुगेको छ।

भारतमा ३२ हजार २७२, टर्कीमा ३० हजार ४००, रसियामा २९ हजार, ब्राजिलमा २६ हजार र इटलीमा १८ हजार संक्रमित थपिएका छन्। विश्वभर कोरोना संक्रमितको कुल संख्या ६ करोड ७३ लाख पुग्दा ४ करोड ६५ लाख ६६ हजार मानिस संक्रमणमुक्त भइसकेका छन्। १५ लाख ४१ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस