आज :

ताजा समाचार

अमेरिकामा २४ घण्टामा २ हजार ४३९ कोरोना संक्रमितको मृत्यु

  पुरुषोत्तम ढकाल    १९ मंसिर २०७७, शुक्रबार ०७:४५      557 Views

काठमाडौं: अमेरिकामा कोरोना संक्रमण र मृत्यु दर बढ्ने क्रम अझै रोकिएको छैन । बीचमा केही समय ओरालो लागेको संक्रमण र मृत्यु दर पुनः पहिलाको अवस्थालाई उछिन्दै अगाडि बढिरहेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ४३९ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा १ लाख ७७ हजार ९७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा कुल कोरोना संक्रमितको संख्या १ करोड ३५ लाख ६३ हजार ७३१ पुगेको छ । कोरोनाका कारण अमेरिकामा २ लाख ६८ हजार ४८२ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा पछिल्लो समय कोरोना संक्रमितले अस्पतालमा बेडसमेत पाउन छोडेका खबरहरु सार्वजनिक हुन थालेका छन् ।

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ९१ हजार ४३२ संक्रमित थपिएका छन् भने सोही अवधीमा ११ हजार ७४१ संक्रमितको मृत्यु भएको छ ।

हालसम्म विश्वमा ६ करोड ३९ लाख ६५ हजार ९२ जनामा कोरोना संक्रमण देखिसकेको छ भने १४ लाख ८८ हजार १२० संक्रमितको ज्यान गइसकेको तथ्यांक छ ।


प्रतिक्रिया दिनुहोस