आज :

ताजा समाचार

आज बस्ने नेकपा सचिवालय बैठकबारे अन्यौल, अध्यक्ष ओली उपस्थित नहुने संकेत

  पुरुषोत्तम ढकाल    १७ मंसिर २०७७, बुधबार ०८:१५      534 Views

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का को आजका लागि बोलाइएको सचिवालय  बैठकबारे अन्यौलता बढेको छ ।
अध्यक्ष केपी ओलीले आजका लागि बोलाइएको सचिवालय बैठकमा उपस्थित नहुने जनाएपछि नेकपा बैठकबारे अन्योल बढेको हो । मंगलबार भएको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल  दाहालबीच बाझाबाझको अवस्था सृजना भएको थियो । मंगलबारको बैठकमा अन्य अधिकाशं नेताले दाहालको पक्ष लिएपछि ओली अफ्ठ्यारोमा परेका थिए ।
त्यही अफ्ठ्यारो बढेपछि ओलीले बुधबारको बैठकमा उपस्थित हुनुको अर्थ छैन भन्दै बैठकबाट बाहिरिएका थिए । मंगलबारको बैठकमा दाहालले बैठक शुरु गर्दै पेश भएका दुई अध्यक्षको प्रतिवेदनमा छलफल अगाड बढ्ने बताए लगत्तै ओलीले दाहालको लाञ्चनापत्रमा छलफल नहुने बताउँदै हस्तक्षपेप गर्न खोजेका थिए ।
तर ओलीको यो शैलीप्रति अरु नेताले आपत्ति जनाउँदै बैठकमा आएका दुबै प्रतिवेदनमा छलफल हुने अडान लिएका थिए । त्यसलगत्तै ओलीले बुधबारको बैठकमा आफू नआउने जनाउ दिएका थिए । बैठक बुधबार (आज) पुन १ बजेका लागि बोलाइएको छ ।


प्रतिक्रिया दिनुहोस