आज :

ताजा समाचार

नेपालमा आज थप १ हजार ९ सय ४८ कोरोना संक्रमित थपिए, २८ जनाको मृत्यु

  पुरुषोत्तम ढकाल    १० मंसिर २०७७, बुधबार १६:३७      547 Views

काठमाडौं: नेपालमा आज एक हजार ९ सय ४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट ती व्यक्तिहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २६ हजार २६ पुगेको छ।
त्यस्तै आज एकै दिन नेपालमा कोरोना भाइरस (कोभिड १९) को कारण थप २८ जनाको ज्यान गएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै हिजो (मंगलवार) नेपालमा कोरोनाबाट २४ जनाको ज्यान गएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १४० रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ । अहिलेसम्म नेपालमा १६ लाख ९० हजार ५०९ वटा पीसीआर नमूना परीक्षण भएका छन् भने क्वारेन्टाइनमा रहनेको संख्या ६६९ रहेको छ ।


प्रतिक्रिया दिनुहोस