आज :

ताजा समाचार

शेयर बजार परिसूचक ६४ अङ्कको वृद्धिसँगै नेप्से अहिलेसम्मकै उच्च अङ्क नजिकै

  पुरुषोत्तम ढकाल    १० मंसिर २०७७, बुधबार १६:०७      1275 Views

काठमाण्डाै: शेयर बजार परिसूचक नेप्से बुधबार ६४ अङ्कभन्दा धेरैले बढेको छ । होटलबाहेक अरु सबै समूहको शेयर बढेको दिन नेप्से ६४ दशमलव ७ अङ्कले बढेर १८ सय ७४ दशमलव ८१ विन्दुमा पुगेको छ ।

बुधबारको उच्च वृद्धिसँगै नेप्से कीर्तिमानी अङ्क नजिकै पुगेको छ । अहिलेसम्म नेप्सेको कीर्तिमान १८ सय ८१ अङ्कको रहेको छ । बुधबार निर्जीवन बीमा समूहको ३ सय १६ अङ्कले, उत्पादन समूहको ३ सय अङ्कले, जीवन बीमा समूहको १ सय ९० अङ्कले, व्यापार समूहको १ सय ७९ अङ्कले, माइक्रो फाइनान्सको १ सय ६ र अन्य समूहको शेयर ९५ अङ्कले बढेको छ ।

बुधबार १ सय ९६ कम्पनीका पाँच अर्ब १३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेको इन्स्योरेन्सको ४२ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पुनर्बीमा कम्पनीको ३६ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

बुधबार शिवम् सिमेन्ट, विशाल बजार कम्पनी, पुनर्बीमा कम्पनी, अजोड इन्स्योरेन्स, दूरसञ्चार कम्पनीलगायत १० वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार ६४ अङ्कले बढे पनि बुधबार नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडका लगानीकर्ताले झण्डै ६ प्रतिशत गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस