आज :

ताजा समाचार

ऐतिहासिक धार्मिक स्थल नमोबुद्धमा यस वर्ष कार्तिक शुक्ल पुर्णिमाको दिन मेला नहुने

  पुरुषोत्तम ढकाल    १० मंसिर २०७७, बुधबार १५:०४      849 Views

काभ्रे: काभ्रेजिल्लाको ऐतिहासिक धार्मिक स्थल नमोबुद्धमा हरेक वर्ष कार्तिक  शुक्ल पुर्णिमाको दिनमा लाग्दै आएको मेला यस वर्ष नहुने भएको छ ।

नगरभित्र कोरोना भाईरसको संक्रमण तिव्र रुपमा फैलिएको जनाउँदै नमोबुद्ध नगरपालिकाका प्रमुख टि.पि. शर्माले एक सूचना जारी गर्दै मेला स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।

 

पछिल्लो समयमा जिल्लामा कोरोना संक्रमण फैलने क्रम बढेका कारण विभिन्न जात्रा मेला तथा मानिसको बढि भीड हुने कार्यक्रमलाई यस अघि नै रोक लगाईएको र यहि मंंसिर १५ गते नमोबुद्धमा प्रत्येक वर्ष कात्र्तिक शुक्ल पुर्णिमाका दिन लाग्ने मेलामा विभिन्न क्षेत्रबाट आउने भक्तजनहरुको भिड हुने र कोरोना संक्रमण फैलने जोखिम भएका कारण मेला स्थगित गरिएको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस