आज :

ताजा समाचार

देउवा-पौडेल टकराव : फेरि स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक

  पुरुषोत्तम ढकाल    २४ कार्तिक २०७७, सोमबार ०७:४५      917 Views

काठमाडौं:  शीर्ष नेताहरुबीच सहमति हुन नसकेपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ।
पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आइतबार कुनै सहमति हुन नसकेपछि आज (सोमबार)का लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।
आइतबार देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेपनि कुनै सहमति जुट्न सकेन । बैठक आगामी २७ गतेसम्मका लागि स्थगित गरिएको हो।
सहमतिका लागि पछिल्लो केहि दिन यता लगातार छलफल भइरहे पनि निश्कर्ष निस्कन सकेको छैन। पौडेल पक्ष पछिल्लो पटक गठन गरिएका सबै विभाग खारेज गर्न माग गरिराखेको छ भने देउवा विभाग खारेज नगर्ने अडानमा छन् ।
पौडेल पक्षले आफूहरूले राखेका मागको सुनुवाइ नभए केन्द्रीय समिति बैठक चल्न नदिने भनेपछि पटक पटक केन्द्रीय समितिको बैठक स्थगित हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस