आज :

ताजा समाचार

इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुल, चेल्सी र म्यान्चेस्टर सिटी विजयी

  पुरुषोत्तम ढकाल    १६ कार्तिक २०७७, आईतवार ०७:३५      941 Views

काठमाडौं: इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष क्लबहरु लिरभपुल, चेल्सी र म्यान्चेस्टर सिटी विजयी भएका छन् ।

गएराति भएको खेलमा च्याम्पियन लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई २–१ ले हरायो । वेष्ट ह्यामका पाब्लो फोर्नाल्सले पहिलो गोल गरेको खेलमा लिभरपुललाई जिताउन मोहोमद सालाह र डिएगो योटाले एक एक गोल गरे ।

गएराति भएको अर्को खेलमा चेल्सीले बर्न्लेमाथि ३–० को जित निकाल्यो । चेल्सीका लागि हकिम जियक, कर्ट जुमा र टिमो वेर्नरले एक एक गोल गरे ।

गएराति नै म्यान्चेस्टर सिटीले शेफिल्ड युनाईटेडलाई १–० ले पराजित गर्‍यो । सिटीका लागि कायल वाल्करले निर्णायक गोल गरे ।

गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा लिभरपुल शिर्ष स्थानमा उक्लिएको छ । ७ खेलबाट उसको १६ अंक भएको छ ।

एक खेल कम खेलेको एभर्टन १३ अंकसहित दोस्रो स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस