आज :

ताजा समाचार



कोभिड १९ सङ्क्रमण र वर्षाका कारण अवरुद्ध तातोपानी नाका आज देखि खुल्यो

  पुरुषोत्तम ढकाल    १४ कार्तिक २०७७, शुक्रबार ०७:२२      52 Views

सिन्धुपाल्चोक: चीनसँग जोडिएको तातोपानी नाका विहीबारदेखी पुनः सञ्चालनमा आएको छ । नाकाबाट बिहीबार एक कन्टेनर सामान भित्रिएको भन्सार कार्यालयले जनाएको छ । गत असोज ११ देखि बन्द नाकाबाट बिहीबार एक कन्टेनर स्याउ भित्रिएको हो ।
शुक्रबारबाट कम्तीमा ७ वटा चिनियाँ कन्टेनरले हरेक दिन सामान ल्याएर नेपाली यार्डसम्म उपलब्ध गराउने भन्सार कार्यालयले जनाएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नाकाबाट सामग्री आयात शुरु भइसकेको र सडक विभागले सडक मर्मत तत्काल शुरु गर्ने बताए । कोभिड १९ को सङ्क्रमण र वर्षायामका कारण सो नाका अवरुद्ध हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस