आज :

ताजा समाचार

बडादशैंको छैटौं दिन आज कात्यायनी माताको पूजा गरिंदै

  पुरुषोत्तम ढकाल    ६ कार्तिक २०७७, बिहीबार ०७:११      428 Views

काठमाडौं: बडादशैं अन्तर्गत नवरात्रको छैटौं दिन आज(विहीबार) घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ ।

यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

दशैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चनासहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्ति पूजा गर्ने प्रचलन छ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना महामारीका कारण मन्दिरहरु बन्द छन् ।


प्रतिक्रिया दिनुहोस