आज :

ताजा समाचार

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९५ लाख नाघ्यो, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

  पुरुषोत्तम ढकाल    २ कार्तिक २०७७, आईतवार ०८:१७      411 Views

काठमाडौं: विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ९५ लाख नाघेको छ।  आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ९५ लाख  ८८ हजार २ सय ९३ जना  संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या ८० लाख २ हजार १ सय ३३ पुगेको छ। त्यस्तै भारतमा ७४ लाख ३२ हजार ६ सय ८०, ब्राजिलमा ५२ लाख २४ हजार ३ सय ६२ र रुसमा १३ लाख ७६ हजार २० जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ लाख ८ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ११ लाख ८ सय ५ सय ७६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख १९ हजार १ सय ५७,  ब्राजिलमा १ लाख ५३ हजार ६ सय ७५, मेक्सीकोमा  ८६ हजार ५९, बेलायतमा ४३ हजार ६ सय ६९, इटालीमा ३६ हजार ४ सय ७४ जनाको मृत्यु भएको छ।
विश्वभर दुई करोड ७२ लाख ८ हजार १ सय २८ जना संक्रमणमुक्त भएका छन्।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४५ लाख २६ हजार ३ सय ९३, अमेरिकामा ३२ लाख २० हजार ५ सय ७३, रुसमा १० लाख  ६० हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि एक लाख २१ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ८९ हजार ८ सय ४० जना संक्रमणमुक्त भएका छन् भने ७ सय २७ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ७४ लाख ३२ हजार ६ सय ८० पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख १२ हजार ९ सय ९८ पुगेको छ। भारतमा हालसम्म ६५ लाख २४ हजार ५ सय ९५ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख २२ हजार ४ सय ५२ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ६ हजार ६ सय ४० जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ८७ हजार २ सय ९५ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ६ सय ४६ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  ३ लाख २ हजार २ सय ९८ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ४० हजार १ सय ४१ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ८८ जनाको मृत्यु भइसकेको छ भने ३३ हजार ५ सय ६१ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ११ हजार १ सय ७८ जना रहेको छ। मृत्यु हुनेको संख्या ३६ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार ९७ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ५ हजार ४ सय ७५ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार ३ सय ९५ रहेको छ।
भुटानमा संक्रमितको संख्या ३१६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २९८ छ।


प्रतिक्रिया दिनुहोस