आज :

ताजा समाचार



चरिकोटमा राजस्व कार्यालयको स्थापना : आजैबाट सेवा सुचारु

  राम प्रसाद ढकाल    ३० आश्विन २०७७, शुक्रबार २३:१४      374 Views

राम प्रसाद ढकाल,
दोलखा:असोज ३०, आजबाट दोलखाको चरिकोटमा करदाता सेवा कार्यालयले सेवा शुभारम्भ गरेको छ । शुभारम्भ मा दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रमेश प्रसाद शिवाकोटी, आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत श्री डमरु प्रसाद पराजुली,घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख, दोलखा उद्योग वाणिज्य संघका प्रतिनिधी लगायत सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो ।
साविकमा आन्तरिक राजस्व कार्यालय धुलिखेलबाट सेवा प्राप्त गरिरहेका दोलखा जिल्लाका करदाताहरूले अब देखि आफ्नै जिल्ला सदरमुकाम चरिकोट बजारको सातदोबाटो चोक स्थित अदिति कम्प्लेक्सको दोश्रो तलामा स्थापना भएको करदाता सेवा कार्यालयबाट कर सम्बन्धि सम्पूर्ण सेवाहरु दिने कार्यालयले जनाएको छ ।
कार्यालय स्थापना भए पश्चात् यस जिल्लामा रहेका करिब १०३०९ करदाताहरूले आन्तरिक राजस्व कार्यालय धुलिखेल जानुपर्ने बाद्यताबाट मुक्ती पाउने भएका छन ।
यहाँका करदाताहरूले अब उप्रान्त कार्यालयबाट प्राप्त हुने सेवाहरु गुडस्तरीय रुपमा छिटो छरितो एवं कम समयमा सेवा प्राप्त गर्नुका साथै समय र लागतको पनि बचत हुने यस कार्यालयका कार्यालय प्रमुख कर अधिकृत श्री राम कुमार श्रेष्ठ ले वताएका छन् ।
यस कार्यालयबाट प्रदान गरिने सेवाहरु मध्ये मूलतः व्यक्तिगत स्थायी लेखा नं दर्ता,व्यवसायिक स्थायी लेखा नं दर्ता,मू.अ.कर दर्ता,व्यवसाय दर्ता खारेजी गर्ने,कर चुक्ता प्रमाण पत्र प्रदान गर्ने,कर विवरण बुझ्ने,आय विवरण बुझ्ने,अन्तःशुल्क दर्ता नबिकरण,अन्तःशुल्क विवरण बुझाउने,E-TDS विवरण बुझ्ने,कर राजस्व संकलन गर्ने,बक्यौता/हिसाब मिलान/मू.अ.कर समायोजन/धरौटी फिर्ता/विवरण संसोधन/शाखा स्वीकृती/अतरिक्त कारोवार थप/म्याद थप र समय समयमा बजार अनुगमन लगायतका सेवा प्रदान हुनेछन् । त्यस्तै करदाता शिक्षा प्रदान गर्ने,अवैध मदिरा कारोवारको नियन्त्रण गर्ने कार्यमा समेत यस कार्यालयको प्रभावकारी भूमिका हुने श्रेष्ठले बताएका छन् ।
कार्यालय स्थापना हुनुको मुख्य उद्देश्य छिटो र कम लागतमा गुणस्तरिय सेवा प्रदान गर्ने,राजस्व संकलन गर्ने, बैध व्यवसायलाई प्रोत्सााहन तथा अवैध कारोवारको नियन्त्रण गर्ने,पूर्ण रुपमा कर कानुनको परिपालना गराउने,करदाताहरूको हक हित र अधिकारको संरक्षण गर्ने कार्य लगायत अन्य कार्यहरु गर्दै जाने आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत श्री डमरु प्रसाद पराजुलीले जानकारी गराए ।
तेस्तै गरि रामेछापको मन्थलीमा पनि यहि असोज २८ गते बाट करदाता सेवा कार्यालयको कामकाज सुचारु भै सकेको प्रमुख कर अधिकृतले जानकारी गराएका थिए । तेसैगरी कार्यक्रमको स्वागत मन्तब्य कर अधिकृत श्री राम कुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन आन्तरिक राजस्व कार्यालय धुलिखेलका कर अधिकृत श्री दिलक आचार्य ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस