आज :

ताजा समाचार



काठमाडौं र भक्तपुर जिल्ला प्रशासनद्वारा सेवा स्थगित

  पुरुषोत्तम ढकाल    ३० आश्विन २०७७, शुक्रबार १५:०३      39 Views

काठमाडौं: संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् । कर्मचारीहरूमै कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार सूचना निकालेर आइतबारदेखि सेवा स्थगित गरिएको जनाएको छ ।
उपत्यकामा संक्रमणको दर अत्यधिक गतिमा बढिरहेको र कार्यालयमा कार्यरत कर्मचारीहरूमा समेत संक्रमणको पुष्टि भएकाले आइतबारदेखि अत्यावश्यक सेवाबाहेकका सेवाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो।
शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दाको सुनुवाइ र विपत् व्यवस्थापनसँग सम्बन्धितबाहेक सबै सेवा स्थगित गरिएको कार्यालयका प्रशासकीय अधिकृत यज्ञराज जोशीले जानकारी दिए ।
सेवाग्राहीको भिडभाड हुँदा संक्रमण फैलिन सक्ने उच्च जोखिम रहेका कारण सेवा स्थगित गरिएको उनले बताए । काठमाडौं जिल्ला प्रशासन कार्यालयले २८ असोजमै अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस