आज :

ताजा समाचार

सिसिएमसीको बैठक बस्दै, उपत्यका छिर्ने नाकाहरु कडाइ गर्ने विषयमा छलफल हुने

  पुरुषोत्तम ढकाल    ३० आश्विन २०७७, शुक्रबार १४:२७      485 Views

काठमाडौं: काठमाडौंमा कोरोना संक्रमणको दर बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको बैठक बस्ने भएको छ । बैठकमा उपत्यका छिर्ने नाका कडाइ गर्ने विषयमा छलफल हुने बताइएको छ ।

यसअघि सरकारले कोरोना न्यूनीकरण गर्न लकडाउन र निषेध आज्ञा गरे पनि काठमाडौ छिर्ने नाकामा कडाइ नहुँदा उपत्यकामा कोरोना संक्रमण बढेको अनुमान गरिएको छ ।

यस्तै प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको ‘कोभिड १९ नियन्त्रणमा सरकारको कामकारबाही अनुगमन उपसमिति’ले उपत्यका प्रवेशको नाका सिल नगरे कोरोनाको महामारी थप भयावह हुन सक्ने चेतावनी दिएको थियो । नजिकिँदो चाडवाडसँगै बजारमा मानिसहरुको भिडभाड पनि बढ्दो ।


प्रतिक्रिया दिनुहोस