आज :

ताजा समाचार



‘९ अर्ब भ्रष्टाचार गर्‍याे’ भन्ने बाबुरामको अभिव्यक्ति गैरजिम्मेवार र निराधार : प्रधानमन्त्री ओली

  पुरुषोत्तम ढकाल    ३० आश्विन २०७७, शुक्रबार ११:२०      27 Views

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आरोपमा सत्यता नभएको भन्दै खण्डन गर्नु भएकाे छ ।
६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा डा. भट्टराईकाे आरोप गैरजिम्मेवार र निराधार अभिव्यक्ति भएकाे बताउनुभयाे ।
‘केही गैरजिम्मेवार तत्वहरु गैरजिम्मेवार तरिकाले बोलेर हिडेको पनि मैले सुनेको छु । एउटा निर्यण नभएको, कसैले नलिएको, कार्य आरम्भ नभएको र त्यो हुन्छ हुँदैन, कसले गर्छ ?, कसरी गर्छ ? भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री रवर्तमान प्रधानमन्त्रीहरू मिलेर यति अर्ब खयो भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु,’ प्रधानमन्त्री ओली भन्नुभयाे ।
देश र जनतालाई गतल सूचना दिएर भ्रममा पारेर भड्काएर गलत बाटोमा लाने कुचेष्टा, हर्कत आफूहरूले गर्न नसक्ने बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘यस्ता गैरजिम्मेवार अभिव्यक्ति, निराधार अभिव्यक्ति एउटा कुरा हो तर हामी त्यस्तै गैरजिम्मेवार हुन सक्दैनौं, त्यति अनुत्तरदायि हुन सक्दैनौं, देश र जनतालाई गतल सूचना दिएर भ्रममा पारेर भड्काएर गलत बाटोमा लाने कुचेष्टा, हर्कत हामी गर्न सक्दैनौं । हामी सत्य निष्टा र जिम्मेवारी भावका साथ मात्रै अगाडि बढ्न सक्छाैँ ।’
केही दिनअघि एक कार्यक्रममा भट्टराईले प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल {प्रचण्ड}ले बूढीगण्डकी जलविद्युत् आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण आफूसँग रहेको दाबी गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस