काठमाडौँ: कफी संसारको सबैभन्दा बढी मूल्यमा बिक्री हुने वस्तुहरूमध्ये एक मानिन्छ भने कतिपयले कफीलाई तेल पछिको मूल्यवान् वस्तु पनि भन्दछन्।
रोपिएको ३ देखि ४ वर्ष भित्रमा कफी फल्न थाल्दछ भने एउटै बोटले लगभग ४० वर्षसम्म उब्जनी दिइरहन्छ । कफीको उत्पति अफ्रिकाको इथियोपियामा भएको थियो हो तर अहिले यसको खेति दक्षिण अमेरिका, मध्य अमेरिका र दक्षिणपूर्व एसियामा पनि भइरहेको छ ।
धेरै देशको अर्थतन्त्रमा यसको ठुलो भुमिका रहेको छ। नेपालको मध्य पहाडका ४० जिल्लाहरुमा कफी खेती गरिएको छ । केही जिल्लाहरुमा भने व्यवसायिक रुपमा खेती गरेको पाइन्छ ।
भौगोलिक, हावापानी र माटोको हिसाबले नेपालका मध्य पहाडी जिल्लामा अराबिका कफीको राम्रो सम्भावना देखिएपछि विभन्न जिल्लामा व्यवसायिक कफी खेतीको सुरुवात भएको छ ।
व्यवसायिक कफी खेतीगर्न भिडियो सहित हेर्नुहोस: