काठमाडौँ : युरोपियन देशहरुमा खेती गरिदै आएको ट्रोफल नेपालमा भित्रिएको छ । यो एउटा रुख हो । यसको हाँगामा फल फल्दछ भने जमिन मुनी जरामा ढुंसी फल लाग्छ ।
यही जमिनमुनी लागेको ढुंसी फल नै ट्रोफल हो । यसलाई सञ्जीवनी बुटी पनि मानिन्छ । युरोप तथा अमेरिकामा १ केजीको ५ लाखसम्म पर्छ । यसको खेती चिसोहावापानी मा गर्न सकिन्छ । नेपालमा यसको खेती भने अनुसन्धानमै रहेको छ ।
यो विरुवालाई नेपाल भित्राउने काम भने त्रिभुवन विश्वविद्यालय र जनकम्युनको सहकार्यमा नेपाल भित्रीएको हो । आज भन्दा ६ वर्ष अघि नेपाल भित्रिएको यस विरुवाले अहिले फल दिन थालेको छ ।
यसको खेती नेपालको पहाडी भु भागमा गर्न सकिन्छ । अहिले यसको ब्यावसायिक खेती भने नेपालमा कहि कतै भएको पाइदैन केवल २०० बोट बाहेक यसको खेती नेपालको पहाडी भुभागमा गर्न सके र यसको उत्पादन लिन सके नेपालीको भविश्य उज्वल देखिन्छ ।
ट्रोफल खेति प्रबिधीको भिडियो सहित हेर्नुहोस: