आज :

ताजा समाचार

सिआइबीका डीएसपीसहित २६ प्रहरी कोरोना संक्रमित

  पुरुषोत्तम ढकाल    ३१ भाद्र २०७७, बुधबार ०७:३८      780 Views

काठमाडौं: केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा कार्यरत डीएसपीसहित २६ जना प्रहरी कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । सिआइबीमा पहिलो पटक भदौ २४ गते ८ जनामा कोरोना पुष्टि भएकोे थियो । उनीहरुको कन्ट्याक्ट टे«सिङ गर्दा डीएसपीसहित थप २६ जनामा संक्रमण देखिएको हो ।

संक्रमित प्रहरी कर्मचारीलाई सामाखुसीस्थित पहरा गण र नम्बर–२ गण महाराजगञ्जको आइसोलेशनमा राखिएको छ । केही प्रहरी कर्मचारी भने ‘होम आइसोलेशन’मा बसेका छन् ।

ठूला घटना अनुसन्धान गर्दै सिआईबीमा ठूलो संख्यामा प्रहरी कर्मचारी संक्रमित भएपछि आलोपालो सिस्टम काम गर्न थालिएको छ ।


प्रतिक्रिया दिनुहोस