आज :

ताजा समाचार



मैत्रीपूर्ण खेलमा खेल्दै बार्सिलोनामा फर्किए मेसी

  पुरुषोत्तम ढकाल    २८ भाद्र २०७७, आईतवार ०८:२०      39 Views

काठमाडौँ : क्लब छोड्ने योजना असफल भएपछि लियोनेल मेसीले बार्सिलोनाबाट पहिलो खेल खेलेका छन् ।

मेसीले गएराती बार्सिलोनाका लागि मैत्रीपूर्ण खेलमा गिम्नास्टिक डे टरागोनाविरुद्ध खेलेका छन् । बार्सिलोनाले ३-१ ले जितेको यस खेलमा मेसी पहिलो हाफ खेलेका थिए ।

यस खेलमा बार्सिलोनाका लागि ओउसमान डेम्बेले, एन्टोनी ग्रीजम्यान र फिलिप कोटिन्होले एक एक गोल गरेका थिए ।

यस खेलमा ग्रीजम्यान र कोटिन्होले पेनाल्टीबाट गोल गरेका थिए । खेलको १७औ मिनेटमा पाएको पेनाल्टी ग्रीजम्यानले हानेका थिए ।

बार्सिलोनाका लागि अल टाइम उच्च गोलकर्ता मेसीले फ्री-ट्रान्सफरमा बार्सिलोना छोड्न खोजेपनि क्लबले उनलाई सम्झौता विपरित भन्दै रोकेको थियो । मेसीले बार्सिलोनाविरुद्ध आफु कानुनी झमेलामा नजाने भन्दै क्लब छोड्ने आफ्नो विचार छोडेर फर्किएका थिए ।

बार्सिलोनाले ला लिगाको यो सिजन सेप्टेम्बर २७ मा भिल्ला रियलविरुद्ध खेलेर सुरुवात गर्दै छ । त्यसअघि बार्सिलोनाले सेप्टेम्बर १६ मा गिरोनाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस