आज :

ताजा समाचार

नेयमार सहित ३ खेलाडीमा कोरोना संक्रमण पुष्टि

  पुरुषोत्तम ढकाल    १८ भाद्र २०७७, बिहीबार ०७:३०      520 Views

एजेन्सी: ब्राजिली स्टार नेयमार सहित पेरिस सेन्ट जर्मेन (पीएसजी)का तीन खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

पीएसजीका फरवार्ड नेयमार सहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाईरसको संक्रमण देखिएको बताईएको छ ।

पीएसजीले समेत आफ्ना तीन खेलाडीलाई कोरोनाको संक्रमण देखिएको पुष्टि गरेको छ ।

‘परिक्षण पश्चात तीन जना पीएसजीका खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ । र तीनै जना स्वास्थ्य प्रोटोकल अनुसार अघि बढिसकेका छन् ।

यसैबीच युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले लिग वानको नयाँ सिजनको सुरुवात गरेको छैन । पीएसजीले सेप्टेम्बर १० मा लिग वानको आफ्नो पहिलो खेल खेल्नेछ ।

कोरोनाकै महामारीका कारण नयाँ सिजन समेत प्रभावित बनेको छ । लिगको पहिलो खेलमै कोरोनाका कारण स्थगित गर्नुपरेको थियो ।

कोरोनाले लिग प्रभावित बनेपछि पीएसजीलाई गत सिजनको लिग उपाधि हस्तान्तरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस