आज :

ताजा समाचार



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दै

  पुरुषोत्तम ढकाल    १ भाद्र २०७७, सोमबार ०७:११      54 Views

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक अहिले केहि बेरमा बस्ने जनाईएको छ ।

आजको बैठकले नेकपामा जारी विवादको समाधानका लागि गत शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने छ । यसअघि सचिवालयकै केही सदस्यहरुले कार्यदलको वैधानिकतामाथि प्रश्न उठाएपछि सचिवालय बैठकबाट अनुमोदन गर्न लागिएको हो ।

गत शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदल मार्फत् समस्या समाधान गर्ने भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको थियो । पौडेल नेतृत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य हुनुहुन्छ ।

कार्यदललाई नेकपाको हालको विवाद समाधानका लागि सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा दिइएको छ । कार्यदलले गत शनिबारदेखि नै काम थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस