आज :

ताजा समाचार



एन्फाको साधारणसभा स्थगित

  पुरुषोत्तम ढकाल    २७ श्रावण २०७७, मंगलवार ०८:१७      68 Views

काठमाडौं: कोरोेना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी भदौ १५ गते गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

एन्फा प्रवक्ता किरण राईले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गर्ने बताउनुभएको हो ।

कोरोना भाइरसका कारण एन्फाको साधारणसभा दोस्रो पटक स्थगित गरिएको हो । यसअघि एन्फाले गत चैतमा साधारणसभा स्थगित गरेको थियो ।

सरकारले कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नका लागि गोष्ठी, भेला र सम्मेलन गर्न निषेध गरेकाले साधारणसभा स्थगित गर्नुपरेको प्रवक्ता राईले बताउनुभयो ।

सङ्क्रमणको दर बढ्न थालेको र जोखिमलाई ध्यानमा राख्दै साधारणसभा स्थगित गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस