आज :

ताजा समाचार

विश्वभर काेराेना संक्रमितकाे संख्या २ कराेड नाघ्याे, एकैदिन २ लाख बढी संक्रमित फेला

  पुरुषोत्तम ढकाल    २६ श्रावण २०७७, सोमबार ०७:४०      629 Views

काठमाडाैं: विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या २ कडाेड नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार साेमबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या २ कराेड २१ हजार २ सय ९३ पुगेकाे छ ।
काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या भने ७ लाख ३३ हजार ९ सय १८ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये एक कराेड २८ लाख ९६ हजार ३ सय ७७ जना भने उपचारपछि घर फर्किएका छन् । सङ्क्रमित दर बढिरहेसँगै निकाे हुने दर पनि बढिरहेकाे छ ।
पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर २ लाख १९ हजार ५ सय ९६ नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार ७ सय ९७ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै पछिल्लाे २४ घण्टामा १ लाख ७७ हजार उपचारपछि घर फर्किएका छन् ।
कुन देशकाे अवस्था कस्ताे ?
अमेरिका
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा १ लाख ६५ हजार ६ सय १७ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने ५१ लाख ९९ हजार ४ सय ४४ पुगेकाे छ ।
संक्रमितमध्ये २६ लाख ६४ हजार ७०१ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ २३ लाख ६९ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजार ८ सय २१ जनाकाे अवस्था गम्भीर रहेको छ ।
ब्राजिल
अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल पर्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ३० लाख ३५ हजार ५ सय २८ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १ लाख १ हजार १ सय ३६ पुगेकाे छ ।
संक्रमितमध्ये २१ लाख १ सय १८ जना पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ८ लाख १५ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।
भारत
छिमेकी मुलुक भारत अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ ।
अहिलेसम्म भारतमा २२ लाख १४ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ४४ हजार ४४६ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये १५ लाख ३४ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले त्यहाँ ६ लाख ३५ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।
रूस
रूस पनि काेराेनाभाइरसको हटस्पट बनेकाे छ । अहिलेसम्म त्यहाँ ८ लाख ८७ हजार ५३६मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने १४ हजार ९३१ पुगेकाे छ ।
संक्रमितमध्ये ६ लाख ९३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ७९ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
साउथ अफ्रिका
कोरोनाले भयावह पारेको अर्को देश हो, साउथ अफ्रिका । अहिलेसम्म त्यहाँ काेराेना संक्रमितकाे संख्या ५ लाख ५८ हजार ३१८ पुगेकाे छ । साउथ अफ्रिकामा कोरोनाका कारण १० हजार ४०८ जनाले ज्यान गुमाएका छन् ।
कुल संक्रमितमध्ये ४ लाख ११ हजार ४७४ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ १ लाख ३७ हजारमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ६ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
मेक्सिकाे
काराेनाभाइसकका कारण धेरै मृत्यु हुनेमा मेक्सिकाे पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ५२ हजार २९८ पुगेकाे छ । अहिलेसम्म त्यहाँ ४ लाख ८० हजार बढी कोरोनाबाट संक्रमित भएका छन् ।
कुल संक्रमितमध्ये ३ लाख २२ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ एक लाखमा काेराेना सक्रिय रहेकाे छ भने २९३ काे अवस्था गम्भीर रहेकाे छ ।
पेरू
कोरोनाले भयावह पारेको अर्को देश हो, पेरू । अहिलेसम्म पेरूमा काेराेना संक्रमितकाे संख्या ४ लाख ७४ हजार ८९० पुगेकाे छ । पेरूमा कोरोनाका कारण २१ हजार ७२ जनाले ज्यान गुमाएका छन् ।
कुल संक्रमितमध्ये ३ लाख २४ हजार ४५८ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ १ लाख ३२ हजारमा कोरोना सक्रिय रहेको छ ।
चीन
कोरोनाको उद्गम स्थल चीनमा काेराेनाबाट ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् । चीनमा अहिलेसम्म कुल ८४ हजार ६६८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
नेपाल
नेपालमा अहिलेसम्म काेराेना संक्रमितकाे संख्या २२ हजार ९७२ पुगेकाे छ । संक्रमितमध्ये १६ हजार ३५३ जना पूर्णरूपमा निकाे भएका छन् भने ७५ जनाकाे ज्यान गएकाे छ ।


प्रतिक्रिया दिनुहोस