आज :

ताजा समाचार



शक्तिशाली विस्फोटको मारमा परेको लेबननको राजधानी बेइरूतमा कोरोना संक्रमित बढ्न सक्ने चेतावनी

  पुरुषोत्तम ढकाल    २३ श्रावण २०७७, शुक्रबार ०८:२८      70 Views

एजेन्सी: शक्तिशाली विस्फोटको चपेटामा परेको लेबननको राजधानी बेइरूतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न सक्ने चेतावनी दिइएको छ।

बेइरुतमा भएको शक्तिशाली बिस्फोटपछि स्वास्थ्य सुविधा र त्यसको पहुँचमा दबाब परेकाले कोरोना संक्रमितको संख्या बढ्न सक्ने देखिएको विज्ञहरुले चेतावनी दिएका छन् ।

लेबननका स्वास्थ्यमन्त्रीले पनि महामारी बढ्न सक्नेतर्फ सचेत हनुपर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

लेबनानको राजधानी बेइरूतमा मंगलवार भएको बिस्फोटमा १३७ भन्दा बढीको ज्यान गएको छ भने ४ हजारभन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस