आज :

ताजा समाचार



काठमाडौं उपत्यकामा ८ सय ७५ जनामा कोरोना संक्रमण पुस्टि, अवस्था झन् भयावह बन्दै

  पुरुषोत्तम ढकाल    २३ श्रावण २०७७, शुक्रबार ०७:२१      70 Views

काठमाडौं: काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८ सय ७५ पुगेको छ । लकडाउन खुकुलो भएसंगै देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । हालसम्म उपत्यकाका ३ ओटै जिल्लामा जम्मा गरी ८ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म काठमाडौंमा ६ सय ७४ जना,ललितपुरमा १ सय ३४ जना र भक्तपुरमा ७८ जना कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।
बिहीबार मात्रै उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिए । जसमध्ये काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हिजो देशभर ३६० जनामा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म २१ हजार ७ सय ५० जनामा कोरोना संक्तमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस