आज :

ताजा समाचार



क्रियाशील सदस्य दोब्बर बनाउँदै कांग्रेस

  पुरुषोत्तम ढकाल    २३ श्रावण २०७७, शुक्रबार ०७:०९      77 Views

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता दोब्बर बनाउन गृहकार्य सुरु गरेको छ ।

कांग्रेसले आफ्नो तयारीलाई अघि बढाउन क्रियाशील सदस्यता वितरण सुरु गरिसकेको छ । हिजो सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारीसहित पूर्व पदाधिकारीको छलफलपछि कांग्रेसले हाल कायम रहेका ४ लाख ९८ हजार ४ सय ७६ क्रियाशील सदस्यतालाई बढाएर १० लाख पुर्याउने तयारी गरेको हो ।

बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले क्रियाशील सदस्यतालाई दोब्बर बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

नेपाली कांग्रेसको बैठकमा म्याद सकिएका भ्रातृ संस्थाहरूको म्याद थप, १४औं महाधिवेशनको क्रियाशील सदस्यता छानबिन गर्न बनाइने समिति, पार्टीका रिक्त विभाग तथा विभागको भागबन्डाको विषयमा समेत छलफल भएको छ ।

यस्तै, अन्य पार्टी परित्याग गरी आएका नेता कार्यकर्ताको समायोजनका विषयमा समेत बैठकमा छलफल भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस