आज :

ताजा समाचार



भारतमा २० दिनमै कोरोना संक्रमण दोब्बर, ४० हजारभन्दा बढी संक्रमितको मृत्यु

  पुरुषोत्तम ढकाल    २३ श्रावण २०७७, शुक्रबार ०६:४९      62 Views

काठमाडौँ : कोरोना संक्रमणका हिसाबले भारत विश्वको तेस्रो अति प्रभावित देशमा पर्छ।
आज (शुक्रबार) बिहानसम्मको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ।
पछिल्लो २४ घण्टामा नै त्यहाँ ५८ हजारभन्दा बढी संक्रमित थपिएका छन्।
भारतमा पछिल्लो २० दिनमै संक्रमितको संख्या दोब्बर भएको छ। यो वृद्धिदर अमेरिका र ब्राजिलको भन्दा पनि बढी हो।
भारतमा अहिलेसम्म ४० हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भइसकेको छ। मृतक संख्याका आधारमा भारत विश्वको पाँचौं अति प्रभावित देशमा पर्छ ।

प्रतिक्रिया दिनुहोस