आज :

ताजा समाचार



इन्टर मिलान र म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

  पुरुषोत्तम ढकाल    २२ श्रावण २०७७, बिहीबार ०८:२३      69 Views

काठमाण्डाै: इन्टर मिलान र म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गए राति भएको खेलमा इन्टर मिलानले गेटाफेलाई २ शून्य गाेलले तथा म्यानचेस्टर युनाइटेडले लास्कलाई २-१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन् । अन्तिम १६ को दोस्रो लेगमा म्यानयूले लास्कलाई २-१ ले हराउँदै समग्रमा ७-१ को जीत निकालेको छ ।

इन्टर मिलानको जितमा लुकाकु र क्रिस्टियन इरिक्सनले एक/एक गोल गरेका थिए । खेलको ३३ औं मिनेटमा लुकाकुले सुरुवाती गोल गरेका थिए ।

त्यस्तै दोस्रो गोल भने इरिक्सनले खेलको ८३ औं मिनेटमा गरेका थिए । त्यस्तै युनाइटेडको जितमा जेस्से लिंगार्ड र एन्थोनी मार्सियलले एक/एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस