आज :

ताजा समाचार

व्यापारी र उद्योगीकै मिलेमतोमा चिनीमा कालोबजारी, कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठग्दै

  पुरुषोत्तम ढकाल    २१ श्रावण २०७७, बुधबार ०८:३२      471 Views

काठमाडौं: चाडपर्व नजिकिँदै जाँदा चिनीमा चरम कालोबारी हुन थालेको छ । ठूला व्यापारी र चिनी उद्योगीको मिलेमतोमा कृत्रिम अभाव देखाएर चिनीमा चरम कालोबारी हुन थालेको हो ।
व्यापारीले पछिल्ला दिनमा चिनीको मूल्य पनि बढाएका छन् । केही दिनअघिसम्म ८० देखि ८५ रुपैयाँ प्रतिकिलोमा पाइने चिनी अहिले एक सय रुपैयाँसम्म पुगेको छ ।
नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा पर्याप्त चिनी हुँदा हुँदै पनि ठूला व्यापारी र केही उद्योगीको मिलेमतोमा अभाव सिर्जना गर्न खोजिएको जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस